१७औं चरणको सत्याग्रह सुरु गरेका केसीको तेस्रो दिन स्वास्थ्यमा समस्या

31

छिनछिन खबर
डडेल्धुरा, कार्तिक २० । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्दको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। सोमबारदेखि १७औं चरणको सत्याग्रह सुरु गरेका केसीको तेस्रो दिन स्वास्थ्यमा समस्या देखिँदै गएको चिकित्सकहरूले बताएका छन् । बुधबार बिहान मात्रै दुई पटक उनको स्वास्थ्य जाँच गरिएको छ । उनको रक्तचाप तलमाथि भइरहेको डडेल्धुरा अस्पतालका डाक्टरले जानकारी दिए । केसीको ब्लड प्रेसरमा समस्या भइरहेको छ । बुधबार बिहान जाचँ गर्दा ९०÷६० पुगेको थियो । ब्लड प्रेसर तल माथि भइरहेको छ । स्वास्थ्यमा समस्या बढ्ने देखिएपछि उनलाई निजी घरबाट डडेल्धुरा अस्पताल सार्ने तयारी गरिएको छ ।

 

७ बुँदे माग राखी कार्तिक १८बाट अनसन बसेका केसीले कोहीसँग बोल्न मानिरहेका छैनन् । चिसो कोठा र मौसमका कारण केसीलाई बढी असर परिरहेको डडेल्धुरा अस्पतालका चिकित्सकहरुको भनाइ छ । डडेल्धुरा अस्पतालबाट १०० मिटरको दुरीमा निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा डा केसी अनसनरत छन् ।

उनले थालेको अनसन कक्षामा पुगेर समर्थन जनाउनेको संख्या १ सय ९० पुगेको छ । मंगलबार सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेसका पार्टी सभापति कर्णबहादुर मल्लले कार्यकर्तासहित अनसनरत डा. केसीलाई भेटेर उनको सत्याग्रहप्रति एकेबद्धता जनाएका छन् ।

Womui
Womui