थाइल्याण्डमा भएको विद्रोही हमलामा १५ जनाभन्दा बढीको मृत्यु

34

एजेन्सी
थाइल्याण्ड कार्तिक २० । थाइल्याण्डको याला प्रदेशमा भएको मुस्लिम विद्रोहीको आक्रमणमा परी १५ जनाभन्दा बढीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । स्थानीय सेनाका प्रवक्ता प्रमोट प्रोम–इनले एएफपीलाई बताएअनुसार मंगलबार राति आतंककारीहरूले सिभिल डिफेन्सका स्वयम् सेवकहरूले काम गरिरहेको दुई चेक पोस्टमा हमला गरेका थिए ।

मंगलबार १२ जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा मृत्यु भयो भने एक जनाको बुधबार बिहान मृत्यु भएको हो,’ प्रवक्ता प्रमोटले भने, ’विद्रोहीले चेक पोस्टबाट एम–१६ राइफल र सटगन पनि लगे ।’घटना भएको ठाउँ हाल बन्द गरिएको छ र उक्त ठाउँमा फरेन्सिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शताब्दीअघि उपनिवेश गरिएको बौद्ध धर्मावलम्बीहरूको बाहुल्य थाइ राज्यसँग लडिरहेका विद्रोहीले मलेसियाको सीमानामा छुट्टै सांस्कृतिक क्षेत्रको स्वायत्तता खोजिरहेका छन् ।

यो द्वन्द्वले जस्तालाई तस्तै भन्ने आशय चित्रण गर्छ जसले थाइ राज्यको प्रतीक र यसको सुरक्षा बललाई लक्षित गरी आक्रमण गर्छ । तर यस द्वन्द्वको बीच मुस्लिम र बुद्ध धर्मावलम्बी समुदाय पर्ने गर्छन् ।

Womui
Womui