जुवाखालबाट दुई करोड ६७ लाख बरामद, २५ जना पक्राउ

245

छिनछिन खबर
काठमाडौं– प्रहरीले महाराजगन्जको साम्बाला होटल नजिकै भइरहेको जुवाखालबाट दुई करोड ६७ लाख रुपैयाँ बरामद गरेको छ । नगदसँगै २५ जना व्यक्ति पनि पक्राउ परेका छन् ।

जुवाखालमा प्रहरीले छापा मार्दा क्यासिनो किङको नामबाट परिचित बलराम सापकोटा, उनका सहयोगी शोभित र श्रवण गोयलसहित २५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका अन्य व्यक्तिहरूबारेमा प्रहरीले केही खुलाएको छैन । पक्राउ पर्ने अधिकांश व्यापारी, ठेकेदार, कर्मचारी र नेता रहेको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा उच्च पदस्थ व्यक्तिहरू जुवा खेलिरहेको सूचना पाएपछि छापा हान्न प्रहरीको टोली पुगेको थियो ।

Womui
Womui