निजगढ विमानस्थलका लागि एक लाख २० हजारभन्दा बढी रुख काट्नु नपर्ने

115

छिनछिन खबर
निजगढ – निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बढीमा एक २० बीस हजार मात्र रुख काटे पुग्ने भएको छ । विमानस्थल निर्माणस्थलमा काटिने रुखको विषयलाई लिएर विवाद भइरहेको बेला आयोजनाले यस्तो जानकारी दिएको हो ।

न्यून सङ्ख्यामा मात्रै रुखको क्षति हुने गरी विमानस्थल निर्माण गर्न सकिने आयोजना प्रमुख ओम शर्माले बताए । वातावरणलाई ठूलो प्रभाव नपर्ने गरी विमानस्थल निर्माण गर्न सकिने उनले बताए । दुई धावनमार्गसहितको विमानस्थल निर्माणका लागि एक लाख २० हजार मात्र रुख काट्नु पर्ने शर्माले बताए ।

अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमका दुई धावनमार्ग र अन्य आवश्यक पूर्वाधार निर्माणका लागि बढीमा एक लाख २० हजार मात्र रुख काटे पुग्ने उनले बताए । विमानस्थल निर्माण गर्न आवश्यक दुई हजार ३५० हेक्टर क्षेत्रफलमध्ये एक हजार ६५० हेक्टर क्षेत्रफल मात्र वन क्षेत्र भएको र बाहिर आएको हल्लाजस्तो जङ्गल नै सखाप पार्ने गरी रुख काट्नुनपर्ने शर्माले बताए ।

Womui
Womui