शिक्षक नै भक्षक, दुई बालिका बलात्कृत

155

छिनछिन खबर
जनकपुरधाम– मिथिला नगरपालिका, ढल्केवरमा रहेको ढल्केवर एकेडेमी बोर्डिङ स्कुलका शिक्षक ४३ वर्षीय टेकेन्द्र दहाल दुई बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् ।


स्कुलको मिनी बोडर्समा पढ्ने सात र नौ वर्षीया बालिकामाथि पटकपटक जबर्जस्ती करणी गरेको घटना बाहिर आएपछि दाहाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए । झापाको मेचीनगर नगरपालिका–३ घर भएका शिक्षक दाहाल स्कुलमा सामाजिक विषय अध्यापन गराउँदै आएका थिए ।

दसैंअघि बिदाको मौका छोपी बोडर्समा बस्दै गरेका दुई बालिकालाई शिक्षकले फकाएर पटकपटक जबर्जस्ती करणी गर्ने गरेको प्रहरीले जनाएको छ । शिक्षकले बलात्कारका बारेमा कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएकाले लामो समय पीडित बालिकाले घटना गोप्य राखेको पनि बताइएको छ ।

घटना सार्वजनिक भएपछि पीडित बालिका र शिक्षकको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । आरोपी शिक्षकमाथि जबर्जस्ती करणीको मुद्दा दायर गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

Womui
Womui