दशैंका लागि भित्रिए १४ हजार पशु

129

छिनछिन खबर
काठमाडौं, असोज १४। दशैँका लागि काठमाडौंमा पशु भित्रिने क्रम जारी छ । पशु क्वारेन्टाइन कार्यालयले उपलब्ध गराएको तथ्याङ अनुसार १४ हजार ५ सयको सङ्ख्यामा दशैंका लागि पशु भित्रिएको छ ।बाँके, बारा, नवलपरासी,  र रौहट लगायतका जिल्लाबाट ६ सय २५ गोटा राँगाभैँसी भित्रिएको छ । त्यस्तै १ हजार ८१ गोटा खसीबोका भित्रिएको तथ्याङ्कले देखाएको छ । ती खसीबोका दाङ, पाल्पा, धादिङ, कैलाली, नवलपरासी र चिवतनबाट भित्रिएका हुन् ।

तथ्याङ्क अनुसार चितवन, नवलपारासी, कैलाली, धादिङ र नुवाकोटबाट ११ हजार ३ सय गोटा कुखुरा भित्रिएका छन् । ९ हजार ८ सय १५ किलो माछा भित्रिएको तथ्याङ्कले देखाएको छ । ती माछा चितवन र कपिलवूस्तुबाट भित्रिएका हुन् ।त्यस्तै, चितवन, पोखरा र धादिङबाट ३ हजार ४० पेटी अण्डा, चितवनबाट हाँस र लौकाट क्रमशः ५ सय र २ सय ५० गोटा र सुर्खेत र मुस्ताङबाट ६ सय ७० गोटा च्याङ्ग्रा भित्रिए तथ्याङ्कले देखाएको छ ।

 

Womui
Womui