सभामुख महराले दिए राजीनामा प्रहरीले थाल्यो अनुसन्धान

107

छिनछिन खबर
काठमाडौं, असोज १४ । एक महिलाले बलात्कारको आरोप लगाएपछि । कृष्णबहादुर महराले मंगलबार पदबाट राजीनामा दिएका थिए । सभामुख महराले राजीनामा दिएपछि प्रहरीलाई अनुसन्धान गर्न सहज भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पीडित भनिएकी महिलाबाट मौखिक उजुरी आएकाले प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको हो । यसै क्रममा प्रहरीले घटनास्थलबाट मदिराको बोतल, कपडा लगायतको सामग्री बरामद गरेको छ ।

 

 

प्रहरीले महिला बस्ने घरको वरिपरीको सिसिटिभी फुटेज पनि संकलन सुरु गरेको बताइएको छ ।पीडित महिलाको तर्फबाट लिखित उजुरी नआएसम्म बिस्तृत अनुसनधान सुरु हुन नसक्ने प्रहरीले जनाएको छ ।

तत्कालका लागि दषी वा प्रमाणकारुपमा लिइनसक्ने केही सामग्री बरामद गरिएको भएपनि लिखित उजुरी आएपछि मात्रै यस सम्बन्धमा बिस्तृत अनुसनधान हुने काठमाडौं प्रहरीले जनाएको छ ।

Womui
Womui