आमाबाबु नपाल्ने छोराछोरीबाट करकट्टा गर्नुपर्छः प्रधानमन्त्री

99

छिनछिन खबर
भक्तपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्ध अवस्थामा आमाबुवा नपाल्ने छोराछोरीबाट करकट्टा हुनुपर्ने बताएका छन् । भक्तपुरको कौशल्टारमा मानवसेवा आश्रम भक्तपुर शाखाको उद्घाटन एवं गृह प्रवेश कार्यक्रममा उनले सबै स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका असहाय तथा सडक बालबालिको उचित व्यवस्थापन गर्नसमेत निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले समस्या नै नभए पनि नकारात्मक सोचाइ राखेर अनावश्यक विषयमा सडकमा दिनैपिच्छे हल्ला र जुलुस गर्नुभन्दा सडकबाट असहायलाई उद्धार गरेर देश निर्माणको काममा लाग्नुपर्ने बताए । 
Womui
Womui