एटीएम बुथमा २४ सै घण्टा सुरक्षा गार्ड राख्न राष्ट्र बैंकको निर्देशन

28

छिनछिन खबर
काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाले आफ्ना एटीएम बुथमा २४ सै घण्टा सुरक्षा गार्ड राख्न निर्देशन दिएको छ । बैंकका एटीएम बुथबाट रकम चोरी हुने क्रम बढेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।


एटीएम बुथबाट रकम चोरी हुने गरेका घटना वृद्धि भएपछि २४ सै घण्टा सुरक्षा गार्ड राख्न निर्देशन दिइएको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए । ‘बैंक तथा वित्तीय संस्थाका एटीएम बुथबाट रकम चोरीलगायतका अनधिकृत घटना बढेका छन्, त्यहाँ सुरक्षा चुनौति देखियो, त्यसैले बैंक वा वित्तीय संस्थालाई आफ्नो एटीएम बुथमा २४ सै घण्टा सुरक्षा गार्ड राख्न निर्देशन दिएका हौं,’ मिश्रले भने ।

एटीएम बुथहरुमा कुनै पनि व्यक्ति वा समूहबाट शंकास्पद गतिविधि भएको शंका लागेमा चाँडो तत्काल सूचित गर्ने व्यवस्था मिलाउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तै, बैंक वा वित्तीय संस्थाले आफ्नो सूचना प्रविधि सम्बन्धमा आकस्मिक सहायता समुह पनि गठन गर्न राष्ट्र बैंकले भनेको छ । ‘हरेक संस्थाले सूचना प्रविधि सम्बन्धमा आकस्मिक सहायता समूह गठन गरी कार्यान्वयनमा ल्याई सोको जानकारी नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागमा गराउनु पर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।

Womui
Womui