३४ वर्षीया दावाफुटी शेर्पा भइन् स्पेनका लागि नेपाली राजदूत

282

छिनछिन खबर
काठमाडौं– स्पेनका लागि नेपाली राजदूतमा ३४ वर्षीया दावा फुटी शेर्पा नियुक्त भएकी छन् । राष्ट्रपति कार्यालयले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारीसमा शेर्पालाई राजदूतमा नियुक्त गरेको हो ।

सरकारले गत जेठमा फुटीलाई राजदूतमा सिफारिस गरेको थियो । शेर्पा पहिलो महिला सगरमाथा ओरोही पासाङ ल्यामु शेर्पाकी छोरी हुन् । उनी पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष छन् । दावा फुटी अमेरिकामा अध्ययन गरेर भर्खरैमात्रै नेपाल फर्किएकी हुन् ।

Womui
Womui