चीनले बनायो एक घन्टामा ३०० जहाज टेक अफ र ल्यान्ड गर्ने विमानस्थल, लागत ११ अर्ब डलर

112

एजेन्सी
बेइजिङ– चीनले एक घन्टामा ३०० जहाज टेक अफ र ल्यान्ड गर्ने विमानस्थल बनाएको छ । जुन विमानस्थल निर्माणका लागि ११ अर्ब डलर खर्च भएको चिनियाँ अधिकारीहरूले बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले डाक्सिङ अन्तर्रा्ष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरे ।

विमानस्थलबाट पहिलो उडान चाइना साउदर्न एयरलाइन्सले गरेको छ । एयरलाइन्सको ए ३८० जहाज डाक्सिङबाट ग्वाङजाउका लागि उड्यो । चीनले ४७ वर्ग किलोमिटरमा फैलिएको उक्त विमानस्थल पाँच वर्षमा तयार पारेको हो । डाक्सिङ अन्तर्रा्ष्ट्रिय विमानस्थलमा संसारकै ठूलो एकल टर्मिनल भवन रहेको छ ।


संसारकै व्यस्त विमानस्थल हुने विश्वास गरिएको यो विमानस्थलले सन् २०४० सम्म वार्षिक १० करोड यात्रुलाई सेवा लक्ष्य राखेको छ । चिनियाँ नागरिक उड्ययन प्रशासनले विमानस्थलमा ६ लाखले रोजगारी पाउने जनाएको छ ।

सात वटा धावनमार्ग बनाउन सकिने विमानस्थलले सन् २०२५ सम्म वार्षिक ७ करोड यात्रुलाई सेवा दिनसक्ने चिनियाँ अधिकारीहरूको विश्वास छ ।
सेन्ट्रल बेइजिङबाट ४६ किलोमिटर दक्षिणमा अवस्थित यो विमानस्थलमा नेपालको हिमालय एयरलाइन्सले पनि उडान सुरु गर्ने तयारी गरेको छ ।

Womui
Womui