कावासोती जंगलमा ट्रकको ठक्करबाट पाँचको मृत्यु

126

छिनछिन खबर
काठमाडौं–कावासोती नगरपालिका–८ स्थित खरकट्टा जंगलमा भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।


बा२१च ६४०९ नम्बरको कारलाई विपरीत दिशाबाट आएको लु१ख ८५३२ नम्बरको ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी निधन हुनेहरूमा नवलपरासी (पूर्व) देवचुली–१ का पूर्णबहादुर विक, देवचुली–१० का दीपेश राना तथा हिरा राना एवम् कैलालीका दिलबहादुर ढेडामगर र सुरज रानामगर छन् ।

प्रहरीले कच्याककुचुक भएको कारबाट उद्धार गरी जिल्ला अस्पताल भरतपुर चितवन पठाएको थियो । उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकका चालक ३० वर्षीय बुद्धिराम चौधरीलाई नियन्त्रणमा लिएको छ । भैरहवाबाट काठमाडौं गइरहेको लोडेड ट्रकको दाहिनेतर्फको भागले कारलाई ठक्कर दिएको थियो ।

Womui
Womui