निजामती कर्मचारीले सेवा, सुविधा मागेर हैरान पारेः मन्त्री पण्डित

43

छिनछिन खबर
काठमाडौं–संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीले सेवा, सुविधा मात्र मागेर हैरान पारेको गुनासो गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री पण्डितले यस्तो दुःखेसो पोखेका हुन् ।

लगानी अनुसार फल नपाएपछि सरकार निजामती सेवाका कर्मचारीको संख्या कटौतीको तयारीमा रहेको समेत जानकारी दिए । ‘प्रशस्त लगानी गरिएको छ तर फल आएन’, उनले भने, ‘त्यहीकारण निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्‍न लागिएको हो ।’

मन्त्री पण्डितले निजामती कर्मचारीहरुको संख्या बढदै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रहेको बताए ।

Womui
Womui