दशैका लागि बस टिकट बुकिङ खुला, भाडादर पुरानै

119

छिनछिन खबर
काठमाडौं– दशैंलगायतका चाडपर्वलाई लक्षित गरी सार्वजनिक गाडीको टिकट बुकिङ खुला गरिएको छ । टिकट बुकिङसँगै नयाँ बसपार्कमा नागरिक सहायता कक्ष पनि सुरु भएको छ । नागरिक सहायता कक्ष टिकट बुकिङ स्थलहरुमा राखिने र त्यहाँ सादा पोसाकमा प्रहरी पनि परिचालन गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले दशैंका लागि बसको समस्या नहुने जनाएको छ । नयाँ बसहरु पनि थपिएको महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिएका छन् । टिकट बुकिङ नयाँ बसपार्कसँगै गौशाला, चाबहिल, कोटेश्वर, बल्खु, नागढुंगा, कलंकीलगायतका ठाउँमा रहने विभागले जनाएको छ । यी स्थानमा रहेका टिकट बुकिङ काउन्टरमा असज भए सीधै नागरिक सहायता डेस्कमा यात्रुले उजुरी गर्न सक्ने महानिर्देशक हमालले बताए ।

त्यस्तै व्यवसायीले भाडा पनि बढाएर लिन पाउने छैनन् । अहिले जति भाडादर त त्यही दरमा यात्रुले गन्तव्यसम्म पुग्न पाउने हमालले स्पष्ट पारे । टिकट बुकिङ बिहान ७ बजदेखि साँझ ६ बजेसम्म खुला रहने विभागले जनाएको छ । करिब २० लाख यात्रु दशैंका लागि राजधानीबाट बाहिरिने अनुमान गरिएको छ ।

Womui
Womui