खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो

148

छिनछिन खबर
काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य घटाएको छ । निगमले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँले घटेको छ । नयाँ मूल्य अनुसार एलपी ग्यास प्रति सिलिन्डर १३५० रुपैयाँ पर्नेछ ।


त्यसैगरी हवाई इन्धनमा पनि ५० अमेरिकी डलर प्रति किलोलिटर घटाइएको छ । जस अनुसार अबदेखि प्रति किलोलिटर हवाई इन्धनको मूल्य एक हजार अमेरिकी डलर पर्नेछ । घटाइएको नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । पेट्रोल र डिजलरमट्टितेलको हकमा पनि पुरानै मूल्य कायम हुने जनाएको छ । निगमले अबदेखि हवाई इन्धन र ग्यासको मूल्यलाई पनि अन्तर्रा्ष्ट्रिय बजार मूल्यमा आएको घटबढ अनुसार स्वचालित हुने गरी अघि बढाइने जनाएको छ ।

Womui
Womui