नेपालमा रहेका उत्तर कोरियाली व्यवसाय बन्द गर्न निर्देशन

131

छिनछिन खबर
काठमाडौं– नेपालमा रहेका उत्तर कोरियाली व्यवसाय बन्द हुने भएका छन् । सरकारले उत्तर कोरियाली नागरिकले नेपालमा संचालन गरेका र उत्तर कोरियाली लगानीमा संचालन भएका व्यवसाय र कम्पनी बन्द गर्न निर्देशन दिएको छ ।

उद्योग विभागले असोज १४ गतेसम्म उद्योग तथा व्यवसाय बन्द गर्न पत्राचार गरेको छ । नेपालमा उत्तर कोरियाली नागरिकको स्वामित्वमा ९ वटा व्यवसाय छन् । यसमध्ये धेरैजसो होटल तथा रेष्टुरेन्ट छन् । संयुक्त राष्ट्र संघका केही प्रावधान र अमेरिकाको दबाबपछि नेपालमा रहेका उत्तर कोरियाली व्यवसाय बन्द गर्ने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव नम्बर २३९७ अनुसार नेपालले उत्तर कोरिया र त्यहाँका नागरिकले लगानी गरेको व्यवसाय बन्द गर्नुपर्ने हुन्छ । नेकोर्यो अस्पताल, हिमालयन सोजी रेस्टुरेन्ट, होटल रिमिन एन्ड रेस्टुरेन्ट, पोङयाङ अकुग्यान नेपाल, योङबोङ चान्ड आइटी कम्पनी, बोटोङगाङग रेस्टुरेन्ट एन्ड बार, मिनस रेस्टुरेन्ट एन्ड बार, हिमाल चिल्बो टेक्निकल सोलुसन र पोङयाङ अकुग्यान रेस्टुरेन्ट बन्द हुने छन् ।

Womui
Womui