नेपालगन्ज उपमहानगरमा काम गर्न विश्व बैंक ईच्छुक

37

नेपालगन्ज, भदौं ३०-
विश्व बैंकको कार्यक्रमका लागि नेपालगन्ज उपमहानगरपालिका छनोटमा परेको छ । विश्व बैंकले नेपालको सार्वजनिक वित्तिय व्यवस्थापनको अध्ययनका लागि पाईलट परियोजनाको रुपमा नेपालगन्ज उपमहानगरपालिकालाई छनोट गरेको नगर प्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिए ।

पाईलट परियोजना अन्तर्गत विश्व बैङ्कका नेपाल स्थित कार्यालयका वित्त व्यवस्थापक फ्रांक वेसेट नेतृत्वमा ७ सदस्यीय विशेषज्ञ सहितको टोलीले उपमहानगरपालिकामा सोमबारदेखि अध्ययन सुरु गरेको छ । विश्व बैंकको टोलीलाई नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. राणा, उपप्रमुख उमा थापामगर, प्रमुख प्रशाकसीय अधिकृत हरी प्याकुरेल, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीले स्वागत गरे । उपमहानगरपालिकामा काम गर्न विश्व बैंक टोली ईच्छुक देखिएको जनप्रतिनिधीले बताएका छन् ।

Womui
Womui