परिवर्तन विरोधी सल्बलाएका छन्ः दाहाल

27

छिनछिन खबर
काठमाडौं–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन विरोधी समूह सल्बलाएको गुनासो गरेका छन् । लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्नसमेत उनलेृ युवा विद्यार्थीलाई आह्वान गरेका छन् ।

दिवंगत नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसका अवसरमा नेकपाले आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले समृद्धि र विकासको प्रक्रियाबाट समाजवादको आधार तय गर्ने प्रक्रियामा रहेको बताए । चारैतिरबाट पूँजीवादी र साम्राज्यवादीले घेरेका हालेको उल्लेख गर्दै उनले पार्टी कार्यकर्तामा व्याप्त व्यक्तिवादी र आत्मकेन्द्रित प्रवृत्ति समस्याको रुपमा रहेको गुनासो गरे ।

यही बेला लोकतान्त्रिक गणतन्त्रलाई कलिलोमा नै मार्न सकिन्छ कि भनेर केहीमा भ्रम पलाएको उनको भनाइ छ । उनले अराजकता मच्चाउनेहरुमा छटपटी देखिए पनि परिवर्तनलाई रक्षा गर्दै समाजवादोन्मुख यात्रामा अघि बढ्ने संकल्प गर्न आवश्यक रहेको बताए ।

Womui
Womui