कांग्रेस संगठन विभाग प्रमुख मल्लको राजिनामा

494

नेपालगन्ज, भदौं २९-
नेपाली काँग्रेस बाँकेका संगठन विभाग प्रमुख महेन्द्र मल्ल ठकुरीले पदबाट राजिनामा दिएका छन् । घर व्यवहारका कारण संगठन विभाग जस्तो गरिमामय पदमा रही काम गर्न नसक्ने बताउँदै उनले राजिनामा पत्रमा उल्लेख गरेका छन् ।

भदौं २९ गतेकै मितिबाट लागु हुने गरि राजिनामा पेश गरेको मल्ले बताएका छन् । खजुरा गाँउपालिका निवासी मल्ल नेपाली कांग्रेसको १३ औं महाधिवेशनपछि नेपाली कांग्रेस बाँकेको संगठन विभाग प्रमुख भएका थिए ।

 

 

Womui
Womui