बढी महसुल लिने घरबेटीलाई कारबाही गर्छौंः कुलमान घिसिङ

360

छिनछिन खबर
काठमाडौं– नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले घरबेटीले कोठा भाडामा बस्नेसँग बिजुलीको पैसा बढी लिए कारबाही हुने चेतावनी दिएका छन् ।

घिसिङले पत्रकार सम्मेलन आयोजना गर्दै प्राधिकरणले तोकेको अधिकतम रकमभन्दा बढी लिएको उजुरी आए कारबाही हुने बताएका हुन् । ‘अहिलेको कानुन अनुसार नेपाल विद्युत प्राधिकरणले बिक्री गरेको बिजुली अरु कसैले पनि पुनः बिक्री वा व्यापार गर्न पाइदैन ।

‘घरबेटीले बढी महसुल लिएको उजुरी आए कारबाही गर्छौ,’ घिसिङको भनाइ छ । कतिपय घरबेटीले महसुलमा डेढ गुनासम्म शुल्क थपेर लिने गरेको पाइएको छ ।

Womui
Womui