रुष्ट बन्दै नेकपा कार्यकर्ता, दर्जनौ ब्यक्ति कांग्रेसमा प्रवेश

179

कोहलपुर, भदौं २८-
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)प्रति रुष्ट रहेका कार्यकर्ताले क्रमिक रुपमा पार्टी परित्याग गर्ने क्रम बढेको छ । नेकपा नेतृत्वको सरकारको चौतर्फी रुपमा आलोचना हुन थालेपछि कार्यकर्ताले पार्टी परित्याग गर्न थालेका हुन् । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा भएको घटनाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को चौतर्फी रुपमा आलोचना भईरहेको छ ।

यसैक्रममा कोहलपुरमा शनिबार दर्जनौंको सख्यामा नेकपाका कार्यकर्ताले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले जनाएको छ । कोहलपुरमा आयोजित एक समारोहमा नेपाली कांग्रेसका सभापति एवम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले उनीहरुलाई पार्टीको साधारण सदस्यता प्रदान गरेर प्रवेश गराएका हुन् ।

कांग्रेसमा प्रवेश हुनेमा राप्तीसोनारीस्थित नेकपाका क्षेत्रीय सदस्य मनोज बैश्य, राप्तीसोनारी-१ निवासी नेकपाका स्थानीय नेता एवम् तत्कालिन स्थानीय तह निर्वाचनमा वडा सदस्यका उम्मेदवार जनक खड्का, राप्तीसोनारी गाउँपालिका वडा नम्बर-१ निवासी बिनोद चौधरी, दीपक राना, सुकराम राना, दुर्गा बिक, ससिराम राना, संगिता बिक, सुमन बिक, धनकुमारी बुढाथोकी, सपना बिक तथा कोहलपुर-११ का सिताराम थारु, गणेश खत्री, गोपाल लम्साल, कोहलपुर-१० का प्रेमराज भट्राई रहेका छन् । यस्तै कोहलपुर-८ पिपरी निवासी शिवलाल बुढा, पविक बिक, हुमकली डाँगी, प्रेमकुमारी चौधरी, कोहलपुर-१५ का प्रेमप्रसाद बोहरा, कोहलपुर-१३ का बिरसिंह घर्ती, कोहलपुर-११ बसपार्कका कबिन्द्र भट्टराई, कृष्ण रेग्मी, कोहलपुर-१ कौशिलानगरका यमबहादुर थापा, प्रदिप शाही, गगन गुरुङ, देवबहादुर थापा, भरत दर्लामी, अर्मन सुनार, गोविन्द केसी, अजित नेपाली, किसन बस्नेत, कोहलपुर-२ का राजु बिक, कोहलपुर-५ का आकाश बिक लगायत दर्जनौं ब्यक्ति प्रवेश गरेका हुन् ।

उनीहरुले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अराजकतातर्फ गईरहेको, चुनावमा बोलेका बाचा पुरा नगरेको, जनतालाई महंगीको मारमा पारेको, कम्युनिष्ट सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेकाले परित्याग गर्नु परेको बताएका छन् । सो कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सरकारले जनतालाई दुःख मात्र दिने काम गरेको बताए । कम्युनिष्ट सरकारले गरिरहेको भ्रष्टाचारको विरुद्ध जनताले स्वतन्त्र पुर्वक बोल्न समेत नपाएको उनको भनाई छ । सरकारको संरक्षणमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कार्यकर्ताले कांगे्रसको जनजागरण कार्यक्रममाथी आक्रमण गरेको देउवाले जिकिर गरे । दाङबाट नेपालगन्ज आउने क्रममा पुर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले कोहलपुरमा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्नुका साथै दर्जनौं नेकपा कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका हुन् ।

Womui
Womui