भारतमा नेपालगन्जका शिक्षकलाई सम्मान

121

नेपालगन्ज, भदौं २८-
शिक्षक दिवसका अवसरमा भारतीय एक संस्थाले नेपालगन्जका दुई जना शिक्षकलाई सम्मान गरेको छ । काव्य रंगोली हिन्दी साहित्य पत्रिका तथा श्याम सौभाग्य फाउन्डेसनले भारतको लखीमपुरमा शुक्रबार एक कार्यक्रम गरेर नेपालगन्जका शिक्षकद्वय मनोजराजा श्रीवास्तव तथा कृष्णादेवी पाण्डेलाई दोसल्लासहित मायाको चिनो र कदर पत्र प्रदान गरेर सम्मान गरेको हो ।

सम्मानित दुबैजनाले शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याएको मुल्यांकन स्वरुप सम्मान गरिएको आयोजकले जनाएको छ । सम्मानित शिक्षक श्रीवास्तव नेपाल शिक्षक महासंघ नेपालगन्ज उपमहानगर अध्यक्ष हुन् । उनी विगत १९ वर्षदेखि अध्यापनरत छन् । त्यस्तै पाण्डे शिक्षण पेशासँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहदै आएकी छन् ।

Womui
Womui