कांग्रेस सभापति देउवा नेपालगन्ज आउँदै

144

नेपालगन्ज, भदौं २७-
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार नेपालगन्ज आउने भएका छन् । बाँकेमा पार्टीको जनजागरण कार्यक्रम चलिरहेको समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले गरेको आक्रमणको घटना बुझ्न उनी यहाँ आउन लागेका हुन् ।

शुक्रबार दाङमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका पुर्वप्रधानमन्त्री देउवा शनिबार नेपालगन्ज आउने कार्यक्रम तय भएको जिल्ला सचिव तप्त पौडेलले जानकारी दिए । देउवाले शनिबार दिउँसो १ बजे नेपाली कांग्रेस पार्टी कार्यालय नेपालगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने र सम्बोधन पश्चात काठमाडौं फर्किन कार्यक्रम रहेको सचिव पौडेलले बताए ।

Womui
Womui