मलेसिया रोजगारी सुचारू कामदारको स्वास्थ्य परीक्षण गर्न पुरानै ३६ मेडिकल

44

छिनछिन खबर
काठमाडौं, भदौ २६ । नेपाली कामदारहरुको प्रमुख गन्तव्य मुलुकका रुपमा रहँदै आएको मलेसिया रोजगारी सुचारू भएको छ । नेपाली र मलेसियाली प्राविधिक कमिटीको बैठकले हाल बन्द अवस्थामा रहेको मलेसिया रोजगारी सुचारू गर्ने निर्णय गरेको हो । तर स्वास्थ्य परीक्षणका लागि पुरानै ३६ वटा स्वास्थ्य संस्थाहरु कायम रहने गरी सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

उनले भने, ‘नेपाल र मलेसियाली प्राविधिक कमिटीको बैठक सकिएको छ । मलेसिया र नेपालबीच भएको श्रम समझदारीको औपचारिक कार्यान्वयन हुने भएको छ । बैठकमा मलेसियाले तत्काल ३६ वटा स्वास्थ्य संस्थाबाट कामदारको स्वास्थ्य परीक्षण गर्ने र विस्तारै नेपाल सरकारले छनोट गरी सूचीकृत गरेका १ सय २२ वटा स्वास्थ्य संस्थालाई पनि क्रमबद्ध थप्दै लैजाने निर्णय भएको छ ।’ सहसचिव घिमिरेका अनुसार नेपाल सरकारले छनोट गरी सूचीकृत गरेका नयाँ १ सय २२ वटा स्वास्थ्य संस्थामाथि थप अनुगमनका लागि मलेसियाली टोली आउने भएको छ ।

सो टोलीको अनुगमनपछि विस्तारै ती स्वास्थ्य संस्थालाई पनि थप गर्दै लगिने बताइएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको निर्णय अनुसार २०७५ जेठ २ गते औपचारिक रुपमा मलेसिया रोजगारी बन्द भएको थियो ।रोजगारीका लागि मलेसिया जाने कामदारमाथि अत्याधिक आर्थिक भार परेको भन्दै मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारी बन्द भएको घोषणा गरेका थिए ।

Womui
Womui