संघमा ५ हजार कर्मचारी भर्नाको तयारी गर्दै लोकसेवा आयोग

48

छिनछिन खबर
काठमाडौं–लोकसेवा आयोगले केन्द्र सरकारको मागबमोजिम असोजदेखि नै विज्ञापन गरी पदपूर्तिको प्रक्रिया सुरु गर्ने तयारी थालेको छ । सरकारले संघका लागि तत्काल करिब ५ हजार कर्मचारी भर्ना गर्ने भएपछि आयोगले असोजदेखि नै विज्ञापन गर्ने गरी प्रक्रिया सुरु गरेको हो ।

निजामती प्रशासनका ८० हजार र स्थानीय तहका ३४ हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन प्रक्रिया सुरु गरेपछि केन्द्र सरकारले केही समययता कर्मचारी भर्ना रोकेको थियो ।

समायोजन प्रक्रिया पूरा भएपछि सरकारले कर्मचारी पदपूर्ति पुनः सुरु गर्नका लागि विज्ञापन गरिदिन लोकसेवालाई आग्रह गरेको हो । त्यस्तै प्रदेश र स्थानीय तहमा रिक्त पदमा समेत एक वर्ष्भित्र थप ७ हजार कर्मचारी भर्ना गरिँदै छ ।

Womui
Womui