सामाजिक सुरक्षा कोषमा ५० हजार श्रमिक सूचीकृत, अब कति बाँकी ?

121

छिनछिन खबर
काठमाडौं– योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको संख्या ५० हजार पुगेको छ । देशभरिका ४७ सय ९० उद्योग, प्रतिस्ठानमा काम गर्ने ती श्रमिक कोषमा सहभागी भएका हुन् ।

 

पछिल्लो समय सामाजिक सुरक्षा कोषमा चौधरी ग्रुप,, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, सुर्य नेपाल, शिवम् सिमेन्ट, युनिलिभर, जिफोर एस सहित ११७ वटा आउट सोर्सिङ कम्पनी आबद्ध भएसँगै नोवल मेडिकल कलेज, मेडिकेयर अस्पताल, गोल्डस्टार सुज, नर्भिक अस्पताल, आम्दा नेपाल, सानीमा हाइड्रो, सोल्टी होटल, मेरियट होटल, सांग्रिला होटल, शंकर ग्रुप, यति डिष्टीलरी, ट्रिनटी कलेज, किष्ट कलेज, त्रियोग स्कुल, इन्फोटेक सर्भिसेज, दराज डटकम आदि समावेश भइसकेको कोषले जानकारी दिएको छ ।

कोषले सूचीकृत हुन सजिलो होस् भन्नका लागि प्राविधिक सुधार गरेसँगै ठुला रोजगारदाताको मै कोषका कर्मचारी पुगी श्रमिक सूचीकरणमा सहयोग गरिरहेको छ । विभिन्न क्षेत्रसँग छलफल भइरहेको हुँदा कल सेन्टर केहि दिनमै खोल्ने तयारी भएको कार्यकारी निर्देशक ज्ञवालीले बताएका छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार हाल देशभरि दर्ता भएका उद्योग, प्रतिस्ठानको संख्या नौ लाख छ ।

ती उद्योग, प्रतिस्ठानका करिब ३४ लाख श्रमिक कार्यरत छन् । श्रमिक को तथ्यांक अनुसार अझै पनि ठूलो संख्याका मजदुर सूचीकरण हुन बाँकी रहेको देखिन्छ ।

Womui
Womui