प्रधान सेनापति थापाको सम्पत्तिः काठमाडौंमा ५ रोपनी जग्गा, अरु कति ?

165

छिनछिन खबर
काठमाडौं– प्रधान सेनापति पूर्णचन्द्र थापाको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । यसअघिसम्म प्रधान सेनापतिको सम्पत्ति विवरण सार्वजनिक गर्ने चलन थिएन ।

सार्वजनिक गरिएको विवरण अनुसार प्रधान सेनापति थापासँग काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ मा आमाबाट बकसपत्रमा पाएको ८ आना जग्गा र घर छ । यस्तै काठमाडौं महानगरको वडा नम्बर ५ मा उनको ४ रोपनी ११ आना जग्गा छ । यस्तै नवलपरासी र लमजुङ जिल्लाका विभिन्न स्थानमा जग्गा छ । थापासँग ५५ तोला सुन पनि छ ।

 

यस्तै ५९० तोला चाँदी र करिब १० लाख रुपैयाँ मूल्य बराबरको हिराको हार पनि रहेको थापाले आफ्नो सम्पत्ति विवरणमा खुलाएका छन् । थापाकी श्रीमती र छोरीको नाममा विभिन्न ४ वटा वाणिज्य बैंक र एउटा जलविद्युत कम्पनीको सेयर छ । उनकी श्रीमती दिपाको नाममा मेगा बैंक, प्रभु बैंक (तत्कालिन डीसीबीएल) र ग्लोबल आइएमई बैंकमा सेयर छ ।

उनकी छोरी रुरु थापाको नाममा प्राइम कमर्शियल बैंकको सेयर छ भने श्रीमती दिपाको नाममा शिव श्री जलविद्युत कम्पनीको संस्थापक सेयर छ ।

 

Womui
Womui