गौशालाको जंगलमा अन्तरजातीय जोडी मृत भेटिए

107

छिनछिन खबर
काठमाडौं,भदौ १७ । गौशालाको पशुपति भण्डारखाल जंगलमा एक अन्तरजातीय जोडी मृत भेटिएका छन् ।एउटै रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा खोटाङका ४० वर्षीय जयप्रसाद गिरी र ३३ वर्षीया उमिता दमाई मृत भेटिएका हुन् ।


महानगरीय प्रहरी वृत्त, गौशालाका डीएसपी प्रदीपबहादुर सिंहले दुई जनाको शव भेटिएको पुष्टि गरे ।‘दुवै पक्षको आफन्तको रोहवरमा सनाखत गरेर पोष्टमार्टमका लागि पठाइसकिएको छ’, सिंहले भने, ‘घटनास्थलबाट केही कागज पत्र र मोबाइल भेटिएका छन् ।’तर, मृत्युकालीन घोषणा गरिएको भने भेटिएको छैन । घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।

Womui
Womui