भारतका पूर्व रअप्रमुख भन्छन्– नेपालको राजतन्त्र फ्याक्न रअको भूमिका

44

छिनछिन खबर
काठमाडौं– भारतको जासुसी संस्था रअका पूर्वविशेष निर्देशक अमर भूषणले नेपालको राजतन्त्र फ्याक्न रअको भूमिका रहेको दाबी गरेका छन् । भूषणले लेखेको किताब ‘इनसाइड नेपाल’ मा उक्त कुरा उल्लेख गरिएको डीएनए इन्डिया डटकमले उद्धृत गरेको छ ।

राजतन्त्रविरुद्ध अन्य राजनीतिक दलहरूसँग एकताका लागि उनले तत्कालीन माओवादी नेता पुष्पकमल दाहाललाई धेरै फकाउनुपरेको खुलासा समेत उनले गरेका छन् । धेरै चरणमा माओवादी नेतासँग बैठक गरेको जनाइएको छ । त्यस क्रममा प्रचण्डले रअको नियतप्रति आशंका गरेका थिए । उनले राजाको शासन कि जनताको लोकतन्त्र भन्नेमा किन चासो भनेर प्रश्न गरेका थिए ।

रअले सन् १९९० मा निरंकुश राजतन्त्रलाई संवैधानिक बनाउन अभियान थालेको उल्लेख छ । राजीव गान्धी नेतृत्वको भारत सरकारले नेपालको जनआन्दोलनमा समर्थन गर्ने निर्णयसमेत गरेको थियो ।

Womui
Womui