सुडान घोटाला काण्डका नेपाल एजेन्ट शम्भु भारती पक्राउ

116

छिनछिन खबर
काठमाडौं–सुडान घोटाला काण्डमा मुछिएका शम्भु भारती पक्राउ परेका छन् । भारतीलाई भैंसेपाटीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख डिआईजी निरज शाहीले जानकारी दिए ।

विशेष अदालत काठमाडौंले सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको एपीसीमा २८ करोड ४० लाख भ्रष्टाचार भएको ठहर गर्दै एस्युर्ड रिस्क कम्पनीका नेपाल एजेन्ट भारतीसहित तीन पूर्व तथा वर्तमान प्रहरी अधिकारीसँग असुल गर्न निर्देशन दिएको थियो ।

विशेष अदालतले ठेकेदारका प्रतिनिधि  भारतीलाई एक वर्ष कैद र १४ करोड २० लाख जरिवाना हुने ठहर गरेको थियो । ठेकेदार भारतीको कैद र जरिवाना सर्वोच्चले पनि सदर गरिदिएको थियो । उनी त्यसयता फरारको सूचीमा रहेको थिए ।

Womui
Womui