चितवन जिल्ला अदालतमा भित्र थुनक्षेक बहस बाहिर प्रहरी र रवि समर्थकबीच झडप

75

 छिनछिन खबर
चितवन, भदौ ९ । चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवी लामिछानेको बयानपछि चितवन जिल्ला अदालतमा थुनक्षेक बहस भइरहेका बेला प्रहरी र समर्थकबीच झडप भएको छ ।रविका समर्थकहरुले सार्वजनिक गाडी तोडफोड गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।  रविका समर्थकहरुले दुई वटा सवारी साधनमा तोडफोड र आगजनी गरेको चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले बताए ।

जिल्ला प्रशासन कार्यालयले ५ जनाभन्दा बढी फेला नहुँनेगरी सोमबार विहानदेखि निषेधाज्ञा जारी गरेको थियो । तरपनि उनका समर्थकहरुले निषेधाज्ञा तोडेका छन् । निषेधाज्ञा तोडेपछि पनि झडप भएको थियो । भीडलाई नियन्त्रणमा लिन प्रहरीले केहीसेल अश्रुग्यास प्रहार गरेको थियो ।

Womui
Womui