बाजुरामा ५ वडाध्यक्षले दिए सामूहिक राजीनामा, यस्तो देखाए कारण

79

छिनछिन खबर
बाजुरा–यहाँका ५ वडाध्यक्षले सामूहिक राजीनामा दिएका छन् । बडीमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक राजीनामा पेश गरेका हुन् । नगरपालिका प्रमुखले समितिका सदस्यलाई जानकारी नदिइ मानेमानी निर्णय गर्ने गरेको भन्दै वडाध्यक्षहरुले सामूहिक राजीनामा दिएको जनाएका छन् ।

नगर कार्यपालिकाको बैठकमै विकास समिति सदस्य नरहने गरी नेकपाबाट निर्वा्चित वडा अध्यक्षले राजीनामा दिएको ७ नम्बर वडाका अध्यक्ष धर्मराज पाध्यायले बताए । नगरपालिकामा बहुमत सदस्य नेपाली कांग्रेसबाट निर्वा्चित छन् ।
स्थानीय तहको विधि विपरित नगर प्रमुख÷उपप्रमुखसहितले एकलौटी निर्णय गर्ने र पदीय जिम्मेवारी नै बेवास्ता गर्ने गरेकोले राजीनामा दिएको ९ नं. का वडा अध्यक्ष विनोदकुमार विकले बताए ।

श्रोत अनुमान तथा सीमा निर्धारण समिति सदस्य–धर्मराज पाध्या, नगर शिक्षा समिति सदस्य डम्मरबहादुर महत, रोजगार निर्देशक समिति सदस्य वीरबहादुर रावल, राजस्व परामर्श समिति सदस्य विनोदकुमार विक र नगरस्तरीय उर्जा तथा वातावरण समिति सदस्य सुरेन्द्र नाथले सामूहिक राजीनामा दिएका हुन् । उनीहरूको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

Womui
Womui