स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

37

छिनछिन खबर
काठमाडौँ, भदौ ५ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली थाई एयरबाट दिउसो साढे १ बजे सिंगापुरतर्फ प्रस्थान गरेका हुन् । १२ वर्ष पहिला भारतको नयाँ दिल्लीमा मृगौला प्रत्यारोपन गरेका ओली पहिला–पहिला बैंकक जाने गरेका थिए भने यसभन्दा अघिदेखि ठाउँ परिवर्तन गरेर सिंगापुर जान थालेका हुन् । प्रधानमन्त्रीनिकट स्रोतले ओलीले सिंगापुरमा औषधी परिवर्तन गरेको बताएका छन् । नयाँ औषधीको असर अस्वभाविक देखिएपछि फलोअपका लागि सिंगापुर प्रस्थान गरेको प्रधानमन्त्री स्रोतले जनाएको छ ।

यसअघि स्वास्थ्य उपचारका लागि सिंगापुर गई एक साताभन्दा बढी समयको उपचारपछि स्वदेश फर्किएका थिए । प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउने बताइएको छ । यसअघि पनि उनी सोही अस्पतालमा उपचार गराएर स्वदेश फर्किएका थिए ।

उक्त समयमा चिकित्सकहरुले एक साता सिंगापुरमा नै बस्न आग्रह गरेको भए पनि देशको प्रमुख कार्यकारीको रुपमा र नेकपा अध्यक्षको रुपमा केही महत्वपूर्ण राजनीतिक निर्णय गर्न उनी काठमाडौं फर्किएका थिए ।

 

Womui
Womui