भारतका पूर्वगृहमन्त्री भ्रष्टाचार आरोपमा पक्राउ

40

एजेन्सी
नयाँ दिल्ली–केन्द्रीय अनुसन्धान व्युरो (सिबिआइ) ले भारतका पूर्व गृह तथा अर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचार आरोपमा पक्राउ गरेको छ । सिबिआइका अधिकारीहरूले उनलाई निवासबाट पक्राउ गरी आफ्नो मुख्यालय लगेको छ ।

चिदम्बरममाथि भ्रष्टाचारको आरोप लागे पनि उनले त्यसलाई अस्वीकार गर्दै आएका थिए । पक्राउ पर्नु अघि उनले कांग्रेस कार्यालयमा पत्रकार सम्मेलन गरेर कानुनबाट भाग्न नखोजेको तर आफू कानुनको शरणमा गएको बताएका थिए । उच्च अदालतबाट अग्रिम जमानत रद्द भएपछि चिदम्बरम पक्राउ पर्ने सम्भावना बढेको थियो ।

Womui
Womui