रवि पत्नी निकिताले चितवन प्रहरी प्रमुखसहित तीन जना बिरुद्ध जाहेरी दर्ता

79

छिनछिन खबर
काठमाडौँ, भदौ ४ । सालिकराम पुडासैनी आत्महत्या दुरूत्साहन प्रकरणमा पक्राउ परेका पत्रकार रवी लामिछानेकी पत्नी निकिता पौडेलले चितवनका प्रहरी प्रमुखसहित तीन जनाबिरुद्ध जाहेरी दिएकी छिन् । पुडासैनीको भिडिओ कीर्ते गरेको आरोपमा निकिताले तीन जनाबिरुद्ध जाहेरी दर्ता गरेको जनाएकी छिन् ।

निकिताले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा बुधबार जाहेरी दिएकी छिन् । पुडासैनीको भिडियो इडिट गरी मनसाय लुकाएर रवी लामिछानेलाई फसाउँन खोजेको उजुरीमा उल्लेख गरिएको छ ।

भिडियो कीर्ते गर्ने तीन जनालाई हदैसम्मको कारवाहीको माग पनि गरेकी छिन् ।

काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तम सुवेदीले भने जाहेरी परेपछि हामीले बिषयलाई केलाएर हेरिरहेका छौ’ ‘भर्खर जाहेरी परेकोले निस्कर्षमा पुगिसकेका छैनौ ।’

Womui
Womui