संविधानको रक्षाका लागि सबै एकजुट भएर लाग्नुपर्छ प्रधानमन्त्री ओली

27

छिनछिन खबर
काठमाडौँ, भदौ ४ । बुधबार गृहमन्त्रालयमा बसेको संविधान दिवस÷राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने‘हामीले कष्टपूर्ण दिन बिताएर र अनेक अवरोध छिचोलेर यो संविधान प्राप्त गरेका हौं । त्यसकारण यसको संरक्षण कार्यान्वयन गर्ने जिम्मा हाम्रो हो । संविधानको रक्षाका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले यसपालिको संविधानलाई उत्सवमय बनाउनुपर्ने बताए । केही विरोधीहरूले मलाई मरिहालोस् भनेर गाली गरे पनि मलाई केही हुँदैन । उनीहरू अर्को चुनावमा अस्तित्व रक्षका लागि तयार भएर बस्न आग्रह गरे । उनले आँफू बिहिबार उपचारका लागि सिंगापुर जान लागेको बताए ।

आँफू सिंगापुरबाट फर्किएर भव्यता र व्यापक तयारीसहित मनाउनेगरी संविधान दिवसको तयारी थाल्न पनि आग्रह गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान दिवस अरु दिवसभन्दा महत्वपूर्ण भएकाले भव्यता र व्यापकताका साथ मनाउनुपर्ने धारणा राखे ।

‘यसले वर्ग वा समुदायलाई मात्र हैन देशका सम्पूर्ण बासिन्दालाई समेट्ने भएकोले यसलाई व्यापक रूपमा मनाउनुपर्ने जानकारी दिए । संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएपछि नेपालमा संविधान दिवस मनाउन थालिएको छ ।

Womui
Womui