१६ सचिवको सरुवा (को कहाँ)

154

छिनछिन खबर
काठमाडौं–सरकारले १६ सचिवको सरुवा गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्याललाई वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । सार्वजनिक खरिद पुनरवलोकन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेल वित्त आयोग पुगेका छन् ।

केदारबहादुर अधिकारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । यसअघि उनी वाणिज्य तथा आपूर्ति सचिव थिए । यसैगरी पर्यटनका मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ ।

सिँचाई मन्त्रालयका सचिव सञ्जय शर्मालाई विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय सर्तकता केन्द्रका माधव वेल्वासेलाई खानेपानी मन्त्रालय, भूमिसुधार मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई महालेखा नियन्त्रक र महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई भूमिसुधार मन्त्रालयमा सरुवा गरिएको छ ।
शिक्षा सचिव खगराज बराललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालय र जनसंख्या सचिव रामप्रसाद थपलियालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी, लोकसेवा आयोगका सचिव महेन्द्र गुरागाइँलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. हरि पौडेललाई राष्ट्रपति कार्यालय र राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलाई श्रम तथा रोजगार मन्त्रालयका सरुवा गरिएको छ । प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाललाई लोकसेवा आयोगमा र प्रदेश ५ का प्रमुख सचिव डा. तीर्थराज ढकाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

सोही बैठकले सहसचिवहरू तोयम राय, तोयानारायण ज्ञवाली, शिवहरी शर्मा र रविन्द्र श्रेष्ठलाई सचिवमा बढुवा गरेको छ ।

Womui
Womui