माधव नेपालको फरक प्रस्तावः केपीले प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक छाड्नुपर्छ

31

छिनछिन खबर
काठमाडौं–सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाडनुपर्ने लिखित प्रस्ताव पार्टीमा दर्ता गराएका छन् ।

 

नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डले विधान विपरित गरेका निर्णयलाई चुनौति दिदै नेता नेपालले सातबुँदे नोट अफ डिसेन्ट मंगलबार दर्ता गराएका हुन् । उक्त नोट अफ डिसेन्टमा एक ब्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक ब्यवस्थालाई पार्टी अध्यक्षद्वय देखि तल्लो तहका सबै ब्यक्तिमा लागु गरियोस् भनिएको छ ।

Womui
Womui