अदालतले पक्राउ गर्न निर्देशन दिएपछि कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री बरखास्त

131

छिनछिन खबर
सुर्खेत–बैंकिङ कसुरमा उच्च अदालत पाटनले पक्राउ गर्न निर्देशन दिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार तथा योजनामन्त्री खडकबहादुर खत्रीलाई बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री शाहीले राजीनामा दिन निर्देशन दिए पनि खत्रीले अटेर गरेपछि मन्त्री पदबाट बर्खास्त गरिएको हो । मुख्यमन्त्रीले मन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरी उक्त मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । खत्री बैंकिङ कसुरमा मुछिएका छन् ।

Womui
Womui