कस्मिरमा भारतीय र पाकस्तानी सेनाबीच गोली हानाहान, आठ सैनिकको मृत्यु

70

एजेन्सी
काठमाडौं–कस्मिरको ‘लाइन अफ कन्ट्रोल’ मा भारतीय र पाकिस्तानी सेनासँग गोली हानाहान भएको छ । गोली हानाहानमा दुवैतर्फका गरी ८ सैनिकको मृत्यु भएको छ ।


पाकिस्तानी सेनाका प्रवक्ता आशिफ गफुरले ट्विीट गर्दै दोहोरो गोली हानाहानमा तीन जना पाकिस्तानी सेनाले सहादत पाएको उल्लेख गरेका छन् । गोली हानाहानमा पाँच भारतीय सैनिकको पनि मृत्यु भएको छ । पाकिस्तानी सेनाका नायक तन्धिर, लान्से नायक तैमुर र सेपोय रमाजनको मृत्यु भएको उनको ट्वीटमा उल्लेख छ ।

Womui
Womui