दैनिक २५० महिलाले लिन्छन् राहदानी, जान्छन् कहाँ

54

छिनछिन खबर
काठमाडौं–केही वर्षदेखि राहदानी बनाउने महिलाको संख्या बढदै गएको छ । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिने नेपालीको संख्या साढे ५७ लाख पुगेको छ । ९ वर्षको अवधिमा ५७ लाख ४० हजार ९ सय ७१ नेपालीले एमआरपी लिएका छन् । जसमध्ये महिलाको संख्या ११ लाख ६९ हजार ८० जना छ ।


राहदानी विभागका अनुसार अहिले दैनिक २ सय ५० जना महिलाले राहदानी लिने गरेका छन् । राहदानी बनाउनेमध्ये गएको १३ वर्षमा करिब साढे दुई लाख महिला रोजगारीका लागि विदेश गएको सरकारी अनुमान छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या घटेपनि पनि राहदानी बनाउने महिलाको संख्या भने बढदै गएको विभागले जनाएको छ ।

विभागले अनलाइनबाट राहदानीको फारम भर्न थालेपछि पासपोर्ट लिनेको संख्या बढेको विभागका सहसचिव तथा प्रवक्ता तीर्थराज अयार्लले बताए । उनले भने, ‘महिलाले अहिले काठमाडौंभन्दा बाहिरी जिल्लाबाट बढी पासपोर्टका लागि आवेदन दिने गरेका छन् । राहदानी लिनुको मुख्य उद्देश्य वैदेशिक रोजगारीमा जानु नै हुन्छ ।’

२० देखि ३६ बर्ष उमेर समुहका धेरै महिलाले राहदानी बनाउने गरेको उनले बताए । सबैभन्दा बढी पासपोर्ट झापा, धनुषा, मोरङ, सुनसरी, नवलपरासी, काभ्रे र धनकुटा जिल्लाका महिलाले बनाएको विभागको तंथ्याकले देखाएको छ । विभागले अहिले १५ हजार लिएर एकैदिनमा राहदानी वितरण गदै आएको छ । त्यस्तै जिल्लाबाट पनि १५ दिनमा उक्त सेवा दिदै आएको छ । नेपालबाट रोजगारीका लागि जाने महिला कामदार कुन(कुन देशमा, कस्ता–कस्ता काम जाने गरेको छन भने विषयमा सरकार नै बेखर छ ।

सरकारी तंथ्याक हेर्दा पनि कति महिला विदेश छन्, उनीहरु के के कामका लागि गएका छन् भन्ने कुरा उल्लेख गरिएको छैन । यता वैदेशिक रोजगार विभागले भने धेरै महिलाले राहदानी बनाएपनि रोजगारीका लागि झण्डै ५० प्रतिशतमात्र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेको जनाएको छ । सरकारले २०७२ चैतदेखि महिलालाई घरेलु काम जान खाडीका देश र मलेसियामा रोक लगाएपछि वैदेशिक रोजगारीमा जाने महिलाको संख्या घट्दै गएको छ ।

नेपालबाट रोजगारीका लागि जाने महिला कामदार कुन–कुन देशमा, कस्ता–कस्ता काम जाने गरेको छन भने विषयमा सरकार नै बेखर छ । सरकारी तंथ्याक हेर्दा कति महिला विदेश छन्, उनीहरू के के कामका लागि गएका छन् भन्ने कुरा उल्लेख गरिएको छैन । विभागको तंथ्याकअनुसार रोजगारीको खोजीमा वैधानिक बाटो अपनाउँदै वर्षेनी ७० हजार महिला विदेश जाने गरेका छन् ।

प्रतिबन्धित देशमा जाने फस्छन्
दलालको प्रलोवनमा परेर अवैध बाटोबाट सरकारले प्रतिबन्ध लगाएको देशमा जाने बढी फसेका छन् । भारत, श्रीलंका, बंगलादेश र चीन बाटो भएर वैदेशिक रोजगारीमा जादाँ धेरै महिला बीचबाटो मै अलपत्र पर्ने गरेका घटना धेरै बढ्न थालेका छन् । सरकारले वैदेशिक रोजगारीमा हुने अवैध गतिविधि नियन्त्रण गर्ने दाबी गरिरहेपनि नियमनको प्रभावकारी नीति नबनाउँदा सोझा नेपाली महिला पीडामा पर्ने गरेका छन् । अवैध बाटो प्रयोग गर्ने दलालको काम सरकारले चाहे तत्काल रोक्न सक्ने पौखरी नेपालकी अध्यक्ष मन्जु गुरुङ बताउँछिन् ।

Womui
Womui