पश्चिम रुकुम, सल्यान र जाजरकोटमा भीषण वर्षाको सम्भावना

122

छिनछिन खबर
काठमाडौं–कर्णाली प्रदेशमा पर्ने पश्चिम रुकुम, सल्यान र जाजरकोटमा भीषण वर्षाको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गर्दै ती क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउनसमेत भनेको छ ।

नदी तटीय क्षेत्र, पहिरोग्रस्त क्षेत्रमा रहने र यात्रा गर्नेलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । ती क्षेत्रमा वर्षापछि बाढी, पहिरोको खतरा रहन्छ । माहाशाखाको आइतबार बिहानको मापनअनुसार कन्काई, कोशी, कमला, बागमती नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीलगायत सबै नदीहरूमा बहाव बढ्दो क्रममा रहेको छ ।

Womui
Womui