भारतीय कांग्रेसको अध्यक्षमा पुनः सोनिया गान्धी

139

एजेन्सी
नयाँ दिल्ली–भारतीय कांग्रेसको अध्यक्षमा पुनः सोनिया गान्धी चयन भएकी छन् । छोरा राहुल गान्धीले राजीनामा दिएपछि रिक्त अध्यक्षमा उनलाई चयन गरिएको हो । सन् १९९८ देखि २०१७ सम्म सोनिया भारतीय कांग्रेसको अध्यक्ष थिइन् ।

१९ बर्ष पार्टी प्रमुखको जिम्मेवारी समालेपछि उनले छोरा राहुल गान्धीलाई अध्यक्ष सुम्पिएकी थिइन् । गएको निर्वाचनमा भाजपासँग ठूलो अन्तरले पराजय बेहोरेपछि राहुलले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । सोनियालाई अन्तरिम अध्यक्ष बनाउन भारतीय कांग्रेसका वरिष्ठ नेता पी चिदंबरमले प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई अन्यले समर्थन गरेका थिए ।

बैठकमा पहिले राहुललाई राजीनामा फिर्ता लिन आग्रह गरिएको थियो । राहुलले राजीनामा फिर्ता लिन नमानेपछि सोनियालाई अध्यक्षमा प्रस्ताव गरिएको थियो । सोनियाले पनि पहिले अध्यक्ष बन्न अस्वीकार गरेकी थिइन । तर सवै नेताले आग्रह गरेपछि अन्तरिम अध्यक्ष बन्न सहमत भएकी थिइन् ।

Womui
Womui