आइसिसी खेलाडी बरियतामा पारसको छलाङ, धोनीलाई पछि पारे

54

छिनछिन खबर
काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको टी–२० को खेलाडी बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले निकै सुधार गरेका छन् । आइसिसीका अनुसार पारसले १५ स्थान सुधार गरेका छन् ।
नयाँ बरियता अनुसार पारस टी–२० को अलराउण्डतर्फ २६ औं स्थानमा छन् । यसअघि उनी ४० औं स्थानमा थिए ।


केही समय अगाडि मलेसिया र सिंगापुरमा उनले गरेको प्रदर्शनका आधारमा उनी आइसिसीको बरितयामा अगाडि आउन सफल भएका हुन् । उनले भारतीय खेलाडी सुरेश रैनालाई पनि पछि पारेका छन् । यस्तै सो स्थानमा मिचेल सान्टानेर र इल्टोन चिगंम्बुरा पनि छन् । यस्तै ब्याटिङमा पनि कप्तान पारस ६६ औं स्थानमा उक्लिएका छन् । उनको चार सय १७ अंक रहेको छ । उनले भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई समेत पछि पारेका छन् । धोनी ६७ औं स्थानमा छन् ।

यस्तै बलिङमा नेपाली बलर बसन्त रेग्मी ७१ औं स्थानमा झरेका छन भने सोमपाल कामी ७८ औं स्थानमा एथावत छन् ।

Womui
Womui