छोरी र पतिको स्यालुटपछि सुष्मा स्वराजको अन्तिम विदाई

134

एजेन्सी
नयाँ दिल्ली–भारतकी पूर्व विदेशमन्त्री एवं भाजपाकी नेता सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ । दिल्लीस्थिती लोधी रोड शवदाह केन्द्रमा प्रधानमन्त्री मोदीसहित थुप्र्रै दिग्गज नेताको उपस्थितीमा उनको अन्तिम संस्कार गरिएको हो ।

सुष्मा स्वराजकी छोरी बाँसुरी स्वराजले उनको अन्त्येष्टी गरेकी हुन् । यतिबेला बाँसुरीसँग उनका पिता र सुष्मा स्वराजका श्रीमान् स्वराज कौशलको पनि उपस्थिति थियो । सुष्माको अन्तिम विदाईमा राष्ट्रपति राम नाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष ओम बिरला, राजनाथ सिंह र अमित शाहलगायतका नेता उपस्थित थिए ।

६७ वर्षीया सुष्माको कार्डिएक अरेष्टका कारण निधन भएको थियो ।

Womui
Womui