कश्मीरका शीर्ष नेताहरू नजरबन्दमा

41

एजेन्सी
दिल्ली– सरकारले जम्मू–कश्मीरका विपक्षी नेताहरुलाई नजरबन्दमा राख्न थालेको छ । जसले गर्दा भारत प्रशासित जम्मू–कश्मीरको राजनीति अवस्था पुनः अस्थिरता तर्फ धकेलिएको छ ।

नेसनल कन्फ्रेन्सका नेता उमर अब्दुल्ला, पूर्व मुख्यमन्त्री तथा पिडिपीकी अध्यक्ष महबूबा मुफ्ती र जम्मू–कश्मीर पिपुल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरुकै घरमा नजरबन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै स्थानीय सरकारले राजधानी श्रीनगरमा कर्फ्यू जारी गरेको छ ।

धारा १४४ अनुसार जारी भएको कर्फ्यू अर्को आदेश नआएसम्म कायम रहने बताइएको छ । यो आदेश अनुसार मानिसहरुको आवतजावतमा रोक लागेको छ भने सबै शैक्षिक संस्था पनि बन्द रहने छन् । यस्तै सरकारले श्रीनगरसहित अधिकांश क्षेत्रमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ ।

Womui
Womui