अबदेखि बाणिज्य बैंकले शेयर ब्रोकरको काम गर्न पाउने, कार्यक्षेत्र मुलुकभर

78

छिनछिन खबर
काठमाडौँ– लामो रस्साकस्सीपछि वाणिज्य बैकका सहायक कम्पनीले ब्रोकरको काम गर्न पाउने भएका छन् । नेपाल स्टक एक्सचेन्जले बैकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्न बाटो खोलेको हो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड वाणिज्य बैकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारिस कार्य्विधि,२०७६’लागु गर्दै बैकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स खुला गरेको विज्ञप्तिमार्फत जनाएको छ।यो कार्य्विधि कार्यान्वयनमा आएको हो । हाल काम गरिरहेका ब्रोकर कम्पनीले प्राप्त गरिरहेको सुविधा सरहनै बैकका सहायक कम्पनीले पाउने गरी कार्य्विधि तयार गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।

ब्रोकरको काम गर्न बैकको सहायक कम्पनी हुनु पर्नेछ । कम्पनीको चुक्ता पूँजी दुई करोड रुपैयाँ र नेपाल राष्ट्र बैकबाट अनुमति लिनु पर्ने प्रावधान छ । बैकका सहायक कम्पनीले उपत्यका भित्र वा बाहिर जुनसुकै ठाउँमा कार्यालय खोल्न सक्ने गरी कार्य्विधिमा व्यवस्था गरिएको साउदले बताए ।

Womui
Womui