नेपालको विश्‍वकप सपना चकनाचुर

82

छिनछिन खबर
काठमाडौं–अर्को वर्ष अस्ट्रेलियामा हुने ट‍्‍वान्टी–२० विश्‍वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिंगापुरमा भएको विश्‍वकपको छनोटअन्तर्गत एसियाली प्रतियोगिताको निर्णायक खेलमा सिंगापुरसँग पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना पूरा हुन नसकेको हो ।

जित्‍नै पर्ने खेलमा नेपाल सिंगापुरसँग ८२ रनको फराकिलो अन्तरमा पराजित भयो । १ सय ९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १ सय ९ रन बनाउँदा सबै विकेट गुमाएको थियो । आक्रामक ब्याटिङ आवस्यक रहेका बेला भरपर्दा ब्याट्सम्यानहरुले सन्तोषाजनक प्रदर्शन गर्न सकेनन् ।

Womui
Womui