बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि आत्महत्या

47

छिनछिन खबर
काठमाडौं–बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा नाम मुछिएका देवीस्थान–५ पर्वतका युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । उनले बालाजुको माछापोखरीको हिमालय सिटी सेन्टरको आठौं तलाबाट हामफालेर आत्महत्या गरेको जनाइएको छ ।

स्थानीयका अनुसार आत्महत्या भएको भनिए पनि अहिले नै यकिन नभएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीले जानकारी दिए । उनी २०५८ सालदेखि डिल्लीबजार मालपोतका नासुका रुपमा कार्यरत थिए ।

हाल उनले अवकाश पाएका छन् । पछिल्ला दिन उनी कांग्रेस राजनीतिमा सक्रिय रहेको बताइएको छ । ५७ वर्षीय श्रेष्ठले २०६० सालमा अवकाश पाएको प्रहरीले जनाएको छ । उनी कांग्रेस पर्वतका सचिव समेत हुन् ।

Womui
Womui