जीवन बीमा गर्नेको संख्या बढ्दो, १७ प्रतिशत बिमीत

170

छिनछिन खबर
काठमाडौं–पछिल्लो समय बीमा गर्नेको संख्या उल्लेख्य बढेको छ । सचेतनामा भएको वृद्धिले गर्दा बीमा गर्नेको संख्या बढेको हो । दुई वर्षमा बीमा गर्ने मानिसको संख्या बढेर १७ प्रतिशतमा पुगेको छ । दुई वर्षअघि ७ प्रतिशत जनसंख्याले मात्र बीमा गरेका थिए ।


आर्थिक वर्ष २०७३÷७४ मा ३५ लाख ६८ हजार १ सय ९६ ले बीमा गरेका थिए । पछिल्लो जनगणनाले नेपालमा दुई करोड ६४ लाख ९४ हजार जनसंख्या रहेको देखाएको छ । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईँले २ वर्षको अवधिमा बीमा गर्नेको संख्या १० प्रतिशतले बढेको बताए । उनले भने, ‘म समितिमा आउँदा ७ प्रतिशतमा सीमित जीवन बीमा व्यवसाय थियो। अहिले यो बढेर १७ प्रतिशत पुगेको छ ।

पछिल्लो वर्ष बीमा कम्पनी बढेको छन् । गाउँगाउँसम्म कम्पनीहरूले व्यवसाय विस्तार गरेकाले यसको पहुँच बढ्दै गएको हो । बीमाको पहुँच बढ्नुमा प्रतिस्पर्धी बजार र अभिकर्ताको आन्दोलनको सम्बोधन हुनु मुख्य कारण रहेको अध्यक्ष चापागाईँले बताए । बीमा समितिले सातै प्रदेशमा सचेतना कार्यक्रम विस्तार गरेको छ ।

Womui
Womui